काठमाडौं, ८ मंसिर (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोयग संगठन (सार्क)को १८ औं सार्क शिखर सम्मेलनअघि बसेको परराष्ट्र सचिव स्तरीय स्थायी समितिको ४१ औं बैठकले तीन केन्द्र खारेज र चार केन्द्र गाभ्ने निर्णयमा गरेको छ । साथै स्थायी समितिले दक्षिण एसियाली महिला विकास फोरमको प्रस्ताव गरेको छ ।
¥याडिसन होटलस्थित मिडिया सेन्टरमा सोमबार साँझ पत्रकार सम्मेलन गर्दै कामु परराष्ट्र सचिव शंकरदाश बैरागीले चार नयाँ केन्द्र थपिएको जानकारी दिएका हुन् । उनका अनुसार दक्षिण एसियाली महिला विकास फोरम प्रस्ताव नेपालले नै गरेको हो ।
कामु परराष्ट्रसचिव बैरागीका अनुसार सार्कका ११ वटा क्षेत्रीय केन्दंमध्ये सूचना केन्द्र, मानव संशाधन केन्द्र र सार्क अभिलेख केन्द्र खारेज भएका छन् । कार्यक्रम समितिका सिफारिस अनुसार वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु केन्द्ररलाई गाभ्ने निर्णय गरिएको छ ।
स्थायी समितिको विस्तृत प्रतिवेदनलाई मंगलबार बस्ने मन्त्रीस्तरीय समितिले अन्तिम रुप दिनेछ । कामु परराष्ट्रसचिव बैरागीले काठमाडौंमा रहेको सार्क सचिवालयलाई नयाँ स्थानमा राख्नेबारे पनि छलफल भएको बताए ।
बैरागीका अनुसार भक्तपुरमा रहेको सार्क क्षयरोग तथा एचआईभी र एड्स केन्द्रलाई स्तरोन्नति प्रस्ताव गरिएको बताए । स्थायी समितिले कृषिको उत्पादकत्व वृद्धि, सार्क कनेक्टिभिटी, प्रविधि र जलवायु परिवर्तनका बिषयलाई सुदृढ गर्दै लैजाने निर्णय गरेको छ ।
Comments are closed.