सार्कमा भाग लिन श्रीलंकाली राष्ट्रपति राजपाक्षे पहिले ओर्लिने

438
  •  
  •  
  •  

arrivaकाठमाडौ, ८ मंसिर (ओएनएस)  १८ औ सार्क सम्मेलनका लागि सार्क राष्ट्रका प्रतिनिधीहरु आउने क्रम सुरू भएको छ । आज सार्क राष्ट्रका विदेशमन्त्रीहरू आउने कार्यक्रम रहेको छ भने मंगलबार सार्क राष्ट्रका सरकार प्रमुख तथा राष्ट्राध्यक्ष आउने कार्यक्रम रहेको छ ।

यसक्रममा नेपालमा सबैभन्दा पहिले श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे आउने छन् । उनी मंगलबार बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजपाक्षेपछी अफगानिस्तानका राष्ट्रपति असरफ घानीको टोली आउनेछ । घानीको टोली १० बजेर ४५ मिनेटमा त्रिभुवन विमानस्थलमा उत्रनेछ । परराष्ट्र मन्त्रालयका अनुसार भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे ११ बजेर ४५ मिनेट जाँदा आइपुग्ने छन् । यस्तै, माल्दिभ्सका राष्ट्रपति यामिन अब्दुल गैयुम १२ बजेर ५ मिनेट जाँदा आइपुग्ने कार्यक्रम रहेको छ ।

यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्रिभुवन विमानस्थलमा उत्रने परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदी दिउँसो ३ बजेदेखी साढे ३ बजेसम्म अवतरण गर्ने कार्यक्रम रहेको छ । यस्तै, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ लगभग भारतीय प्रधानमन्त्रीसँगै त्रिभुवन विमानस्थल अवतरण गर्ने कार्यक्रम रहेको बताइएको छ । पाकिस्तानका प्रधानमन्त्री सरिफ ३ बजेर ३५ मिनेटमा आइपुग्ने छन् ।

सार्क सम्मेलनमा भाग लिन सबैभन्दा ढिलो नेपाल झर्नेछिन्, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बादे । उनी सवा ४ बजे काठमाडौ आइपुग्ने कार्यक्रम छ । यी सबै पाहुनाहरुलाई सोल्टी होटेलमा राखिने छ ।


  •  
  •  
  •  

Comments are closed.