सार्कका परराष्ट्रमन्त्रीहरु सोमबार काठमाडौं आइपुग्दै

319
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर (ओएनएस) : १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन सार्क मुलुकका परराष्ट्र मामिला हेर्ने मन्त्रिहरु सोमबार काठमाडौंमा आइपुग्दैछन् ।

आगामी १० र ११ गते हुने सम्मेलनअन्तर्गत मंगलबार हुने मन्त्रिस्तरीय बैठकमा भाग सार्कका परराष्ट्रमन्त्रिहरु काठमाडौंमा आउन लागेका हुन् ।

बैठकमा भाग लिन अफगानिस्तानका कायम–मुकायम परराष्ट्रमन्त्री जरार अहमद ओसमानी, बङगलादेशका विदेशमन्त्री अब्दुद हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिन्जिन दोर्जी, भारतका विदेशमन्त्री सुष्मा स्वराज, मालदिभ्सका विदेशमन्त्री दुन्या मौमुन, पाकिस्तानी प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङकाका बाह्य मामिलामन्त्री गामीनी लक्ष्मण पेइरिस काठमाडौ आउँदैछन् ।

बैठकमा नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । सार्कअन्तर्गत यसअघि शनिबार सहसचिव स्तरको बैठक भएको थियो भने सोमबार सचिवस्तरीय बैठक सकिनेछ । मंगलबार मन्त्रिस्तरीय बैठकपछि बुधबार र बिहिबार शिखरसम्मेलन हुनेछ ।


  •  
  •  
  •  

Comments are closed.