काठमाडौं, ७ मंसिर (ओएनएस) : १८ औं सार्क सम्मेलन अनौपचारिक रुपमा शनिबारबाट काठमाडौंमा सुरु भएको छ । दक्षिण एसियाका आठ राष्ट्रको सहभागिता रहने सम्मेलनको लागि सार्क क्षेत्रका सरकारी अधिकारीहरु र मन्त्रीहरु काठमाडौं आउने क्रम जारी छ । सार्कको लागि नेपाल सरकारले काठमाडौलाई बेहुली जस्तै सिगारेको छ ।
सम्मेलनअन्तर्गत आइतबार क्षेत्रीय मुद्दाका बिषयमा छलफल गर्न सार्क सचिव स्तरीय बैठक बसेको छ । यसअघि शनिबार सहसचिवस्तरीय सार्क कार्यक्रम समितिको बैठकले ११ वटा क्षेत्रीय केन्द्रमध्ये तीन वटा केन्द्र खारेज हुने र चार वटा केन्द्र गाभिने निर्णय गरेको थियो । सम्मेलनको औपचारिक उद्घाटन भने आउँदो मंसिर १० गते हुनेछ ।