मोदी र सरिफले मिलाए हात

329
  •  
  •  
  •  

काठमाडौं ११ मंसिर (ओएनएस) :  बुधबार काठमाडौंमा सुरु भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) पहिलो दिन एक अर्कालाई वेवास्ता गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले बिहिबार धुलिखेलमा भने हात मिलाएका छन् । धुलिखेलको द्धारिका होटलमा भएको रिट्रिटकौ दौरान दुबैबीच आनौपचारिक छलफल समेत भएको छ ।

Indian PM Talks With Pakistani PMप्रधानमन्त्री सुशील कोइरालको पहलमा दुई परस्पर बिरोधि राष्ट्रका प्रमुखबीच कुराकानी भएको हो । यस्तो वार्ता हिजैदेखि भए पनि अहिले अलि खुलारुपमा हासो ठट्टाकै शैलीमा भएको ती अधिकारीले बताए । नेपालले पनि हामी मिलेर अघि बढ्नुपर्छ भन्दै यसमा सहायक भूमिका निर्वाह गरिरहेको छ ।

उनीहरुले शान्ति र हरियालीको लागि भन्दै धुलिखेलको रिसोर्टमा धुपीका विरुवा समेत रोपेका छन । बंगलादेशका प्रधानमन्त्री शेख हसिना आखामा समस्या भए पछि धुलिखेल पुगिनन् तर अन्यले संयुक्त रुपमा गेटको छेउमा र स्वीमिङपुलको साइडमा विरुवाहरु रोपेका हुन ।

रुख रोप्ने र पहिले नै राखिएका रुखमा पानी हाल्ने काम गरेका हुन । अस्वस्थ भएकाी बंगलादेशकी प्रधानमन्त्री शेख हासिना बाहेक अन्य सार्क मुलुक सरकार तथा राष्ट्र प्रमुख धुलिखेल पुगेका उनीहरुले सार्कको सपमान समारोहको लागि काठमाडौंमा फर्किएका छन् ।


  •  
  •  
  •