नागपुर टेष्टमा दक्षिण अफ्रिकाले तोड्यो श्रीलंकाको रेकर्ड

172
  •  
  •  
  •  

काठमाडौँ, १० मंसिर(ओएनएस) : भारतीय क्रिकेट टोलीले नागपुरमा जारी दक्षिण अफ्रिकाविरूद्धको तेस्रो टेष्टको दोस्रो दिन बिहिबार पाहुना टोलीलाई मात्र ७९ रनमा अल आउट गर्‍यो । यो भारतविरूद्ध बनेको कुनै पनि टोलीको न्युनतम टेष्ट योगफल हो ।

भारतले यो भन्दा पहिले सन् १९९० मा चण्डिगढमा श्रीलंकालाई ८२ रनमा अल आउट गरेको थियो । साथै यो भारतविरूद्धको दक्षिण अफ्रिकाको सबैभन्दा कम योगफल पनि हो । यसभन्दा पहिले भारतले सन् २००६ मा जोहानेसवर्गमा दक्षिण अफ्रिकालाई ८४ रनमा आउट गरेको थियो । भारतीय टोलीले अहिलेसम्म ७ पटक विपक्षी टोलीलाई १ सय भन्दा कम योगफलमा अल आउट गरिसकेको छ ।

भारतसँगको खेलमा सबैभन्दा कम योगफल तयार गरेको दक्षिण अफ्रिकाका लागि कुनै पनि ब्याट्स्म्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाका लागि जेपी डुम्नीले सर्वाधिक ३५ रन जोडेका थिए भने सिमोन हार्मरले १३ रन र फाफ डु प्लेसिसले १० रन जोडेका थिए । अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । दक्षिण अफ्रिकालाई उक्त झिनो स्कोरमा समेट्नका लागि रविचन्द्रन आश्विनले ५ विकेट लिएका थिए भने रविन्द्र जडेजाले ४ तथा अमित मिश्राले १ विकेट लिएका थिए ।


  •  
  •  
  •