वेस्ट इन्डिजबिरुद्ध दक्षिण अफ्रिकाको कीर्तिमानी जीत

245
  •  
  •  
  •  

काठमाडौ, १५ फागुन (एजेन्सी) :  विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाले वेस्ट इन्डिजबिरुद्ध २५७ रनको फराकिलो अन्तगरको कीर्तिमानी जीत हासिल गरेको छ ।

शुक्रबार सिड्नी क्रिकेट ग्राउन्डमा भएको खेलमा हात पारेको यो जित विश्वकपको सबैभन्दा ठुलो अन्तरको जीतसँग बराबरी हो । यसअघि २००७ को विश्वकपमा भारतले बर्मुडाबिरुद्ध पनि २५७ रनको फराकिलो अन्तरको जीत दर्ता गराएको थियो ।

पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले कप्तान एबी डिभिलियर्सको कीर्तिमानी नटआउट १६२ रनको मद्दतमा ४०८ रन जोडेको थियो । यो स्कोर अष्ट्रेलियामा बनेको सबैभन्दा बढि हो ।

४०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३३.१ ओभरमा १५१ रनको झिनो योगफलमा अलआउट भयो । वेस्ट इन्डिजको लागि कप्तान जासन होल्डरले सबैभन्दा बढि ५६ रन बनाए ।

ओपरन ड्वाइन स्मीथले ३१ रन जोड्नुअघि अर्काे ओपनर क्रिस गेल ३ रनमा आउट भए । लगत्तै मोर्लाेन स्यामुयल्स शून्य रनमा पेभिलियन फर्केपछि वेस्ट इन्डिजको विकेट पतन सुरु भएको थियो ।

वलिङतर्फ दक्षिण अफ्रिकाका इम्रान ताहिरले ५ विकेट चड्काए भने केल एबोट र मार्ने मोर्केलले २–२ विकेट लिए ।

त्यसअघि भिलियर्सले कीर्तिमानी इनिङ खेल्नुअघि ओपनर हासिम अम्लाले ६५, फा डु फ्लेसिसले ६२ बनाए । भिलियर्ससँग १३४ रनको साझेदारी गरेका रीची रसोउले ६१ रन बनाएका थिए ।

बलिङतर्फ क्रिस गेय गेल र रस्सेलले २–२ विकेट लिएका थिए । जीतपछि दक्षिण अफ्रिका ३ खेलमा २ जीत हाप पार्दै पूल बीको दोस्रो स्थान पुगेको छ ।


  •  
  •  
  •