दक्षिण अफ्रिकाद्वारा न्यूजिल्याण्डसामू २९८ रनको लक्ष्य

215
  •  
  •  
  •  

काठमाडौं, १० चैत (ओएनएस) :  विश्वकप क्रिकेटअन्तर्गत सेमिफाइनलको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डसामू २९८ रनको लक्ष्य प्रस्तुत गरेको । विलिङटनमा भएको खेल वर्षाले प्रभावित भएपछि ७ ओभर घटाइएको थियो । अफ्रिकाले ४३ अाेभरमा ५ विकेट गुमाएर २८१ रन जाेड्याे । तर, खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेविसको सिद्धान्तअनुसार न्युजिल्यान्डले २९८ रन लक्ष्य पायाे ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सुस्त गतिमा इनिङ बनाएपछि मध्यक्रमका ब्याट्सम्यानले आक्रमक खेलेका थिए । ओपनर क्वान्टर डे कक १४ र हसीम अम्ला १० रनमा आउट भए । कक र अम्ला दुबैलाई ट्रेन्ट बोल्टले आफ्नो सिकार बनाएका थिए ।

त्यसपछि फाप डु प्लेसिस र कप्तान एबी डिभिलियर्सले उत्कृष्ट साझेदारी गर्दै अफ्रिकाको इनिङ मजबुत पारेका थिए । प्लेसिसले ८२ र डिभिलियर्सले ६५ रनको योगदान गरे । डिभिलियर्स मैदानमा आउनुअघि रेली रस्सोले ३९ रन जोडे ।

बर्षापछि प्लेसिस आउट भएका थिए । त्यसपछि मैदान छिरेका डेभिड मिल्लरले २३ बलमा ४९ रनको योगदान गरे भने जेपी डुमीनी ८ रनमा अविजित रहे ।


  •  
  •  
  •