ग्लोबल र रेडियन्ट लाइफबीच सम्झौंता

22
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन(ओएनएस) : ग्लोबल आइएमई बैंक र भारतको विभिन्न स्थानमा हस्पिटल सञ्चालन गरिरहेको रेडियन्ट लाइफ केयरबीच हस्पिटलले दिने सेवा तथा सुविधामा छुट दिनेबारे सम्झौता भएको छ ।

रेडियन्ट लाइफ केयरले भारतको नयाँदिल्लीमा बिएलके सुपर स्पेसियालिटी हस्पिटल र मुम्बईमा नानावतीसुपर स्पेसियालिटी हस्पिटल सञ्चालन गरिरहेको छ ।

उक्त सम्झौतामा रेडियन्ट लाइफ केयरका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र ग्लोबल आइएमई बैंकका सहायक महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाका अतिरिक्त अन्य सुविधा पनि प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थासँग समन्वय गर्दै यस्तो योजना ल्याइरहेको छ ।

रेडियन्ट लाइफ केयरद्वारा सञ्चालित दुवै हस्पिटलमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

बैंकले देशभर १ सय ३४ शाखा, १५ वटा राजस्व संकलन काउन्टर, १ सय ४२ एटिएम, ९ वटा एक्स्टेन्सन काउन्टर तथा १ सय २० शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्पmत १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवासँगै १५ लाखसम्म विनाधितो प्रोफेसनल कर्जा समेत प्रदान गर्दै आएको छ ।


  •  
  •  
  •