के चौधरी र सिलवाल सपथ लिन पाउँलन ? यस्ताे भन्छन् प्रहरी

329
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : हत्या प्रकरणमा मुछिएका कैलालीबाट प्रतिनिधिसभा सदस्य रहेका रेशम चौधरी र आइजीपी नियुक्तिको किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालका बारेमा कुनै निकायबाट लिखित जानकारी नआएकाले उनीहरू आएमा शपथ ग्रहण गर्न सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए।

तर चौधरी उक्त मुद्दाको पुर्पक्षका लागि कैलाली करागारमा छन् भने सिलवाल को किर्ते फाइल महानगरीय प्रहरी परिसर काठमाडौँले सरकारी वकिल कार्यालय बुझाएको छ।

कानुन अनुसार मुद्दाको लागि कुनैपनि फाइल सरकारी वकिल कार्यालयमा पेश भइसके पछि त्यस अगाडीको कारवाही प्रकृया सोही कार्यालयले बढाउनु पर्नेहुन्छ।

परिसरका प्रवक्ता(डिएसी) मोहन थापाले ओएनएस न्युजसँग कुरा गर्दै भने, ‘उहाँको किर्ते फाइल परिसरबाट सरकारी वकिल कार्यालयमा गइसकेको छ, त्यसैले हामीलाई सरकरी वकिल कार्यालय अथवा हेडक्वाटरबाट कुनै मौखिक वा लिखित जानकारी नआएसम्म पक्राउ गर्न सकिदैँन’

त्यस्तै चौधरी पुर्पक्षको लागि थुनामा रहेको हुनाले अदालतलको आदेश बिना बाहिर ल्याउन वा कतै लैजान नसकिने कैलाली करागारले जनाएको छ।

कैलाली करागारका निमित्त जेलर भक्त बहादुर विष्टले ओएनएस न्युजसँग कुरा गर्दै भने, ‘रेशम चौधरीलाई जिल्ला अदालत कैलालीबाट पुर्पक्षको लागि थुनामा राख्ने आदेश आएकोले थुनामा राखिएको छ, अहिले सम्म अदालतबाट बाहिर वा कहि कतै लैजानको लागि आदेश आएको छैन्।

सरकारी वकिल कार्यालय वा हेडक्वाटरले सिलवाल लार्इ पक्राउ गर्न आदेश दिएन भने उनी सपथ कार्यक्रमा सहभागी हुनेछन् भने चौधरीको सपथ कार्यक्रममा सहभागी हुने छाटकाट देखिएको छैन्।


  •  
  •  
  •