सरकारी चिकित्सकको आन्दोलनका कारण अस्पताल अस्तव्यस्त

423
  •  
  •  
  •  

काठमाडौं, २९ चैत(ओएनएस) : कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आठ दिनदेखि चिकित्सकहरुको आन्दोलनका कारण सरकारी अस्पताल अस्तव्यस्त बनेका छन् ।

गत शुक्रबारदेखि अनिश्चितकालका लागि भन्दै सरकारी चिकित्सकहरु आकस्मिक बाहेकका सेवा बहिस्कार गरेर आन्दोलन थालेका थिए ।

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि लाखौं बिरामी बिचल्लीमा परेका छन् । सरकारी चिकित्सकहरुको आन्दोलनलाई नेपाल चिकित्सक संघले पनि समर्थन गर्दै आएको छ ।

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले चिकित्सकहरुको मागका विषयमा वार्ता गरेर समस्या समाधान गर्न ७२ घण्टे अल्टिमेटम दिइएको बताएका छन् ।

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दिपेन्द्र पाण्डेले वार्ताको लागि आफूहरु तयार रहेको बताए । बुधबारदेखि देशैभरका सरकारी अस्पतालको प्रांगणबाटै सेवा दिइरहेको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने आन्दोलनरत चिकित्सकका मागका सम्बन्धमा अनौपचारिक छलफल भइरहेको जानकारी गराएका छन् ।


  •  
  •  
  •