विमान दुर्घटनामा सबै २ सय २४ यात्रुको मृत्यु

198
  •  
  •  
  •  

russian-planeकाठमाडौँ, १४ कात्तिक(एजेन्सी) : इजिप्टबाट रूसकालागि उडान भरेको रसियन विमान दुर्घटना हुँदा विमान सवार सबै यात्रुको मृत्यु भएको छ । विमानमा २ सय १७ यात्रु तथा ७ विमानका कर्मचारी सवार थिए । इजिप्टको प्रधानमन्त्री कार्यालयले यसको पुष्टी गरेको छ ।

उद्धारकर्मीको टोली घटनास्थल पुग्दा विमानको एक भागबाट चिच्याएको आवाज सुनिएको थियो । उद्धारकर्मीको टोलीले ४ जनालाई निकालेको थियो तर, उनीहरूको मृत्यु भयो । विमान कम्पनीले विमानका सबै यात्रु मारिएको पुष्टी गरेको थियो । विमानको ब्ल्याक बक्स भेटिएको छ । १ सय भन्दा बढी मानिसको शव भेटिएको छ ।

रूसको यात्रुबहाक विमान इजिप्टको सिनाई प्रायद्वीपमाथीबाट उडिरहँदा हराएको थियो । इजिप्टको प्रधानमन्त्री कार्यालयले सिनाईको नजिकै विमान दुर्घटना अवस्थामा भेटिएको पुष्टी भएको थियो ।

यो विमान इजिप्टबाट रूस गइरहेको थियो । यो विमान इजिप्टबाट प्रमुख पर्यटकीय स्थल शर्म-अल-शेखबाट रूस गइरहेको थियो । सिनाई प्रायद्वीप नजिकै पुग्दा विमान ट्राफिक कन्ट्रोलबाट विमानको सम्पर्क टुटेको थियो ।


  •  
  •  
  •