रुसमा पानीजहाज डुब्दा ५४ जनाको मृत्यु

147
  •  
  •  
  •  

मस्को, १९ चैत (एजेन्सी)  : रूसमा पानीजहाज डुब्दा कम्तीमा ५४ जनाको मृत्यु भएको छ । रूसको पश्चिमी प्रसान्त महासागरको कम्चट्का पेनिनसुलामा जहाजसँगै डुबेका ६३ जनालाई उद्धार गरिएको रसियन अधिकारीहरूले जनाएका छन् ।

जहाजमा १ सय ३४ यात्रु सवार थिए । तीमध्ये युक्रेन, म्यानमार र लेटेभियाका ३४ नागरिक रहेका थिए । २० यात्रु अझै बेपत्तँ रहेकाले उद्धार कार्य जारी छ । ओखोटक क्षेत्रमा दैनिकजसो चल्ने जहाज हिउँको ढिस्कोमा ठोक्किएपछि डुबेको रसियाको आकस्मिक आन्तरिक मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •