‘पनामा पेपर लिक’ काण्ड आइसल्याण्डका प्रधानमन्त्रीद्वारा राजीनामा

236
  •  
  •  
  •  

काठमाडौं २४ चैत (एजेन्सी) : पनामाको एउटा अति गोप्य कानुनी कम्पनी ‘मोस्याक फोन्सेका’ ले विश्वकै अहिलेसम्मको सबैभन्दा ठूलो मिडिया अनुसन्धानपछि कर छलीमा मुछिएका व्यक्तिहरुको नामसहितको १ करोड १० लाख दस्तावेज सार्वजनिक भएपछि विश्वमै नयाँ तरङ्ग ल्याएको छ । ( पानामा पेपर्सले ल्याएको पहिलो राजनीतिक हलचलका रुपमा आइसल्याण्डका प्रधामन्त्री सिगमन्दुर गुनलौगसनले आफ्नो पदबाट राजीनामा दिएका छन्।

पानामा पेपर्समा विश्वका केही शक्तिशाली मानिसका ‘अफसोरु लेनदेन सार्वजनिक भएपछि यसले पारेको पहिलो प्रभाव नै सिगमन्दुरको राजीनामा हो। दस्तावेजमा उनी पनि कर छलीमा संलग्न रहेको विवरण उल्लेख छ । दस्तावेजमा उनी र उनकी पत्नीले ब्रिटिश द्वीपमा एउटा कम्पनी खडा गरेर लाखौं पाउण्ड लुकाएको दाबी गरिएको छ । सिगमन्दुर विवादमा परेपछि उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन चर्को दबाब परेको थियो। हिजो नै उनको राजीनामा माग गर्दै दसौं हजारले आइसल्याण्डमा प्रदर्शन गरेका थिए।

उनले राजीनामा गर्नुको सट्टा संसद नै भंग गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका थिए। तर राष्ट्रपतिले सत्ता साझेदार अन्य दलहरुसँग सल्लाह गरेपछि मात्र उनको प्रस्ताव स्वीकार गर्ने बताएपछि उनलाई राजीनामा दिन झनै दबाब बढेको थियो।


  •  
  •  
  •