अमेरिकी कुटनीतिज्ञलाई रुस छाड्न पुटिनको आदेश

157
  •  
  •  
  •  

Putin-
काठमाडौं, १७ साउन (एजेन्सी) : रुसका राष्ट्रपति भ्लादिमरि पुटिनले अमेरिकी कुटनितिज्ञलाई देश छाड्न आदेश दिएका छन् ।

अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लागएपछि दुई रुसी राष्ट्रपति पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनीतिकज्ञलाई देश छाड्न आदेश दिएका हुन् ।

अमेरिकाले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरे लगतै अमेरिकी कुटनीतिक मिसनका सात सय ५५ जनाले रुस छोड्नु पर्ने पुटिनले घोषणा गरेका हुन् । अहिले दुई देशबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ ।

ती सबै अमेरिकी अधिकारीले आउँदो सेप्टेम्बर १ सम्ममा रुस छोड्नु पर्नेछ । सात सय ५५ कुटनीतिज्ञले छाडेपछि रुसमा अमेरिकी कुटनीतिक कर्मचारीको संख्या चार सय ५५ हुनेछ ।

अमेरिकाको वासिङटनमा रुसी कुटनीतिक कर्मचारीको संख्या पनि चार सय ५५ नै छ । आधुनिक समयमा कुनै पनि देशबाट फिर्ता पठाइएका कुटनीतिक अधिकारीको यो संख्या अहिलेसम्मकै उच्च रहेको बिबिसीले जनाएको छ ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि रुस र अमेरिकाको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको थियो । तर अमेरिकी तल्लो तथा माथिल्लो सदनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेपछि दुई देशबिचको सम्बन्धमा थप कटुता आएको हो ।

रुसमाथि गएको वर्ष भएको अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पलाई जिताउने गरी प्रभावित गरेको आरोप छ । तर रुस तथा ट्रम्पले यो आरोप अस्वीकार गर्दै आएका छन् ।


  •  
  •  
  •