रुसमा मदिरा सेवन ४३ प्रतिशत घट्यो

109
  •  
  •  
  •  

एजेन्सी । रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार खेलकुदमा बढी रुची राख्ने राष्ट्रपति भ्लादिमिर पुटिनले ल्याएका कतिपय सुधारात्मक कदमले मदिरा सेवनमा कमी आएको देखाएको छ । रुसमा पछिल्ला वर्षमा अल्कोहल बेचबिखनमा कडाई गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति मानिसहरुलाई आकर्षित गर्न अभियान नै थालिएको छ ।

विश्वमै रुसी गणराज्य अत्यधिक मदिरा सेवन गर्ने मुलुकको रुपमा निकै चर्चामा रहेको थियो भन्दै प्रतिवेदनमा सन् १९९० को दशकमा मानिसको मृत्युको एउटा प्रमुख कारण पनि मदिरा सेवन नै रहेको उल्लेख छ ।

अध्ययनमा सन् २००३ देखि २०१६ को अवधिमा मदिरा सेवनको दरमा ४३ प्रतिशत कमी आएको देखिएको छ ।


  •  
  •  
  •