रुसकी एक पत्रकारले आगो लगाएर आत्महत्या गरिन्

119
  •  
  •  
  •  

एजेन्सी । रुसकी एक पत्रकारले आफैँलाई आगो लगाएर आत्महत्या गरेकी छन्। ‘कोजा प्रेस’ नामक समाचार अनलाइनकी प्रधानसम्पादक इरिना स्लेभेनियाले निज्नी नोभगोरोड सहरस्थित गृहमन्त्रालय कार्यालय अगाडि आगो लगाएर आत्महत्या गरेकी हुन्।

आत्महत्या गर्नुअघि उनले फेसबुकमा आफ्नो मृत्युको दोष रुसी महासंघलाई लगाउन आग्रह गरेकी थिइन्। उनको शव आगोले नराम्ररी जलेको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिसिटीभी फुटेजमा गृहमन्त्रालय अगाडिको सडकको बेन्चमा बसेर उनले आगो लगाएको र बचाउन आउनेहरुको प्रयासलाई समेत अस्वीकार गरेको देखिएको छ।

 


  •  
  •  
  •