रुसमा लक्की ड्र मार्फत यि नेपालीले लगाए कोरोनाविरुद्धको खोप

90
  •  
  •  
  •  

काठमाडौं । रुसमा एक नेपालीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लगाएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले सल्यान पुर्खौली घर भएका श्रेष्ठले रसियन सरकारद्धारा पहिलो चरणमा ३० हजार जनालाई खोप दिने मध्येका एक रहेकाे बताए । डा.केसीकाअनुसार उनी लक्की ड्र मार्फत छानिएका थिए ।

श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।

 

The first LUCKY Nepali who is vaccinated anti Covid vaccine in Moscow Russia.Dr. Mahesh Shrestha, 61, originally from…

Badri К.C. यांनी वर पोस्ट केले शनिवार, १९ सप्टेंबर, २०२०


  •  
  •  
  •