रुपज्योतिलाई थप ५ दिन थुनामा राख्न अनुमति

863
  •  
  •  
  •  

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका पूर्व अर्थराज्यमन्त्री तथा उद्योगी रुपज्योतिलाई अदालतले थप ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

यसअघि उनलाई अदालतले तीन दिनको म्याद दिएको थियो । बाँसबारीमा रहेको एउटा जग्गामा देखिएको विवादमा रुप ज्योति र उनकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ज्योति समूहका तीन कम्पनी स्याकार एण्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एण्ड कम्पनीको लगानी रहेको ल्याण्डमार्क कम्पनीले तयार पारेको हाउजिङ विवादका कारण ज्योति समूहका सदस्यहरुसहितलाई पक्राउ पुर्जी जारी गरिएको पाइएको छ ।

ल्याण्डमार्क कम्पनीमा सेयर होल्डरमात्रै रहेका रुप ज्योति, सौरभ ज्योति, सहृद ज्योति, अभिक ज्योति, पद्म ज्योति, कमला कंशाकार, सुरुची ज्योतिलाई पक्राउ पुर्जी जारी गरिएको भए पनि रुप ज्योति र उनकी छोरी सुरुची सिंगापुरबाट आउने क्रममा विमानस्थलबाटै पक्राउ गरेर हिरासतमा राखिएको छ ।

यसैबीच रुप ज्योतीलाई पक्राउ गरेको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । ज्योतीलाई दबावमा धरपकड गरेर थुनामा राखिएको भन्दै उदय समाज असनले प्रदर्शन गरेको हो । आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ज्योतीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।


  •  
  •  
  •