सत्तारुढ कांग्रेसद्धारा एक घण्टा चक्का जाम

169
  •  
  •  
  •  

रुपन्देही,२० (ओएनएस): राजधानीको माग गर्दै सत्तारुढ नेपाली कांग्रेसले एक घण्टा चक्का जाम गरेको छ ।

प्रदेश नम्बर ५ को राजधानी बुटबलमा राख्न माग गर्दै नेपाली कांग्रेसले बिहीबार बिहान रुपन्देहीका विभिन्न ठाउँमा एक घण्टा चक्काजाम गरेको हाे । प्रदेश नम्बर ५ को राजधानी दाङलाई प्रस्तावकाे रुपमा ल्याए संगै दाङलाई राजधानी बनाइएमा नस्विकार्ने भन्दै चक्का जाम गरेकाे हाे ।

बिहान ९ बजेदेखि १० बजेसम्म बुटवलको मुर्गिया ,अस्पताललाइन, मणिग्राम चोकमा चक्काचाम गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी जवान बिनोद श्रेष्ठले ओएनएसलाई जानकारी दिएका छन् । चक्काजामका कारण पूर्व–पश्चिम महेन्द्रराजमार्ग र सिद्धार्थ राजमार्गमा १ घण्टा आवागमन अवरुद्ध भएको थियो । चक्काजाम खुलेपछि अहिले राजमार्गमा सवारी साधनहरु र बजार खुलिसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


  •  
  •  
  •