संसदमा अनिवार्य उपस्थित हुन सरकारलाई सभामुख महराको रुलिङ

269
  •  
  •  
  •  

काठमाडौं, ३ असार (ओएनएस) : सभामुख कृष्णबहादुर महराले बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई रुलिङ गरेका छन् ।

अाइतबार बसेकाे प्रतिनिधिसभा बैठकमा सरकार तर्फबाट मन्त्रीहरु अनुपस्थित हुँदा बैठक नै केही समयकाे लागि स्थगित गरिएपछि सभामुख महराले बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई रुलिङ गरेका हुन् ।

मन्त्रीको अनुपस्थितिका कारण बैठक १५ मिनेट स्थगितभएकाे थियाे। सभामुखले प्रतिनिधिसभा सञ्चालन नियमावलीले गरेको व्यवस्था टेकेर बैठकमा उपस्थित हुन सरकारलाई रुलिङ गरेका छन् ।

नियमावलीको नियम ५६ ले बैठक सञ्चालनका लागि सरकारका मन्त्रीको अनिवार्य उपस्थिति र विषयगत छलफलमा विभागीय मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको तर्फ सरकारको ध्यानाकर्षण गराउदै सभामुखले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन सचेत समेत गराए ।


  •  
  •  
  •