उपराष्ट्रपति छान्न राजनीतिक समन्वय समितिको बैठक बस्दै

138
  •  
  •  
  •  

काठमाडौँ, १३ कात्तिक(ओएनएस) : सत्ताधारी दलको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार तय गर्नेका लागि उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास वालुबाटारमा बिहान ९ बजेदेखी बस्ने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने सम्बन्धमा छलफल हुनेछ ।

बिहिबार साँझ बसेको समितिको बैठकमा उपराष्ट्रपतिको उम्मेदवार कुन क्षेत्र वा समुदायबाट बनाउने भन्ने बारेमा छलफल भए पनि निर्णय हुन नसकेपछि आआफ्नो पार्टीमा थप छलफल गरेर फेरि बैठक बस्ने सहमति भएको थियो ।

तराईका थारु, दलित, पिछडिएका जनजातिलाई उपराष्ट्रपति दिने बारेमा छलफल सत्ताधारी दलमा चले पनि उपराष्ट्रपतिको उम्मेदवारीका लागि एमाओवादीले आफूलाई सहयोग गर्न प्रस्ताव गरेको छ । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा अमियकुमार यादव र एमाओवादीले नन्दबहादुर पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेका छन् ।


  •  
  •  
  •