अधिकारी दम्पत्तीको स्वास्थ्यबारे जानकारी दिन ‘रुलिङ’

119
  •  
  •  
  •  

काठमाडौं, १४ साउन (ओएनएस) ः सभामुख सुवास नेम्वाङले झण्डै २ सय ९० दिन देखी वीर अस्पतालमा उपचार गराई रहेका गोर्खा फुजेलका अधिकारी दम्पतीको स्वास्थ्य अबस्थावारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको बुधबार बसेको बैठकमा यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले अधिकारी दम्पत्तीकोे उपचार प्रवन्ध गर्न पनि सरकारलाई भनेका छन् ।

यसअघि अधिकारी दम्पत्तिको स्वास्थ्व अवस्थाको विषयलाइ लिएर नेपाली कांग्रेसका सभासद राजन केसीले सदनमा ध्यानाकर्षण गराएका थिए । सशस्त्र द्वन्द्वको समयमा माओवादीवाट मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाही गर्न माग गर्दै नन्द्रप्रसाद र गंगामाया अधिकारी २ सय ९० दिनदेखी अमरण अनशनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था निकै बिग्रेको अस्पतालले जनाउँदै आएको छ । अस्पतालले उनीहरुलाई बचाउन नसक्नेसमेत चेतावनी दिएको छ ।


  •  
  •  
  •