पश्चिम रुकुम घटनाः थप एक जनाको शव भेटियो, ज्यान गुमाउनेको संख्या ५ पुग्यो

106
  •  
  •  
  •  

काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोती घटनामा वेपत्ता भएकामध्ये थप एक युवकको शव भेरी नदीमा फेला परेको छ।

जाजरकोट भेरी नगरपालिकाका सन्दिप बिकको ६ दिन पछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।  यससँगै चौरजहारी घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

अझै एक जना गोबिन्द शाही बेपत्ता नै छन । उनको पनि सुरक्षाकर्मी तथा स्थानीयहरुले खोजीकार्य जारी राखेका छन् । यसअघि नवराज बिक, टिकाराम सुनार, लोकेन्द्र सुनार र गणेश बुढाको शव भेटिसकेको छ ।
मृतक नवराज विक र सोतीकी एक युवतीबीच लामो समयदेखि प्रेम रहेको र युवतीकै आग्रहमा नवराजले केही साथीहरु लिएर शनिबार बेलुकी सोती गएका थिए ।

नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराज सहितको समूह उनलाई लिन सोती पुगेको थिए । तर गाउँले मिलेर उनीहरुमाथि आक्रमण गरेका थिए ।


  •  
  •  
  •