अधिकारकर्मी भन्छन्, ‘रुकुम पश्चिम घटनाको मूल कारण जातीय विभेद’(अध्ययन प्रतिवेदनको पूर्ण पाठसहित)

255
  •  
  •  
  •  

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको कारण जातीय विभेद रहेको अधिकारकर्मीहरूले निष्कर्ष निकालेका छन्।

घटनाको अध्ययन गर्न दलित अधिकारकर्मी पहलमा स्वतन्त्र लेखक, पत्रकार, अभियन्ता, अधिकारकर्मी र अधिवक्तासहित सात जनाको टोली घटनास्थल पुगेको थियो ।

फाइल तस्बिर

घटनास्थल पुगेर गरेको विस्तृत स्थलगत अध्ययन प्रतिवेदनमा सो घटनाको मूल कारण जातीय विभेद नै भएको निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा उक्त क्षेत्रमा माओवादी जनयुद्धका क्रममा जातीय छुवाछुत र भेदवाव केही कम भए पनि अहिलेसम्म दलित–गैरदलितबीच जातकै आधारमा विभेद र छुवाछुत कायमै देखिएको उल्लेख गरिएको छ।

दलित अधिकारकर्मीको पहलमा अधिकारकर्मी जेबी विश्वकर्मा, अधिवक्ता मोहन साशंकर, लेखक युग पाठक, राजनीतिकर्मी तथा अधिकारकर्मी राम नेपाली, अधिकारकर्मी विजय विश्वकर्मा, पत्रकार शुष्मा बराली र लेखक संगीतको टोलीले यही २३ जेठदेखि २७ जेठसम्म जाजरकोट, रुकुम (पश्चिम) पुगी घटनाको स्थलगत अध्ययन गरेको हो ।

जेठ १० प्रेमिका भगाउनका लागि रुकुम पश्चिमको चौरजहारी पुगेका जाजरकोटका नवराज विक र टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको हत्या भएको थियो ।

हेर्नुहोस्


  •  
  •  
  •