रुकुम घटनाको छानविनका लागि संसदिय समिति गठन गर्न कांग्रेसको माग

81
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसले रुकुम घटनाको छानविनका लागि संसदिय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।

प्रतिनिधिसभामा कांग्रेस सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानविनका लागि दलित सांसदको नेतृत्वमा समिति तत्काल गठन गर्न गरेका हुन् ।

चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै सांसद विश्वकर्माले संसदिय समितिबाट छानबिन हुनुपर्ने बताए ।

प्रतिनिधिसभा बैठक शुरु हुने वित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सांसद विश्वकर्माले आफ्नो धारणा राखेका हुन् ।

गम्भिर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानविन समितिले न्याय दिन नसक्ने विश्वकर्माको दावी छ ।

पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराव विकको मृत्यु भएको थियो । उनीसँगै अन्य ५ जना साथीको पनि मृत्यु भएको थियो ।

गाउँलेको आक्रमणबाट उनीहरुको मृत्यु भएको अझै पनि एकजना बेपत्ता रहेको भन्दै सो घटनाको छानविन गर्न कांग्रेसले माग गरेको हो ।


  •  
  •  
  •