अवकाशपछि समाजसेवामा सक्रिय कटवाल…(फोटोसहित)

371
  •  
  •  
  •  

ओखलढुंगा, १ फागुन(ओएनएस) : जागिरे जीवनमा हुँदा होस् या अवकाशपछि विभिन्न गतिविधीले चर्चामा आईरहने पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल अहिले समाजसेवामा सक्रिय छन् ।

उनले सामाजिक कामको शुरूवात आफू जन्मेको गाउँ ओखलढुंगाको ठूलाछाप गाविसबाट गरेका हुन् । जागिरे जीवनपछि आत्मकथा लेखेर चर्चामा आएका पूर्व प्रधानसेनापति कटवाल राजनीतिमा लाग्छन् भन्ने धेरैको अनुमान विपरित गाउँबाटै समाजसेवा थालेका छन् ।

rukmangat katwal1समाजसेवामा लाग्नुको कारण खुलाउँदै उनले भने, ‘मेरो गाउँ निकै पिछडिएको जनजाति, दलितले भरिएको ठाउँ हो । त्यही भएर शिक्षाक्षेत्रमा योगदान गर्न शुरुवात आफ्नै गाउँबाट थालेको हुँ ।’ सातवर्ष अघि उनले आफ्नो श्रीमतीको नाममा गाउँमै ‘उमा कटवाल क्याम्पस’ स्थापना गरेका छन् ।

शुरुमा क्याम्पस दर्ता तथा स्वीकृतिका लागि ७ लाख ५० हजार सहयोग गरेका थिए  । क्याम्पसको नामाकरण नै उनको श्रीमतिको नामबाट गरियो । त्यसपछि अन्य खर्च १० लाख सहिrukmangat katwal2त क्याम्पसकै लागि २६ लाखको कोष स्थापना गरेका छन् । ठूलाछापकै हिमालय उच्च माविमा आमाको नाममा ‘धर्मकुमारी छात्रवृत्ति कोष’ पनि स्थापना गरेका छन् । उक्त कोषमा भने ५ लाख रुपैयाँ छ ।

सामाजिक कार्यमा आफूले लगानी गर्नुको उद्देश्य आफूजस्तै व्यक्ति अरुलाई पनि सामाजिक कार्यमा प्रोत्साहन होस् भन्ने रहेको कटवालले बताए । ‘म त एउटा नेपाल सेनाको रिटार्यड न हुँ । म भन्दा कैयन धनी त्यस्ता व्यक्ति छन् जसलाई मेरो सानो कामले सामाजिक कार्य गर्ने प्रोत्साहन होस् भन्ने चाहन्छु ।’ उनले थपे ।

कटवाल प्रत्येक वर्ष क्याम्पसको वार्षिक साधारणसभामा गाउँ आउने गर्छन् । उनले सामाजिक कार्यकै लागि ‘कटवाल ट्रस्ट’ दर्ता गरिसकेको जानकारी दिए । केही समय पछि नै ट्रस्टले काम थाल्ने तयारी रहेको उनको भनाई छ । ट्रस्टले समेत शुरुमा शिक्षाक्षेत्रमै सहयोग गर्ने छ । कटवालले हरेक वर्ष आफूले स्थापना गरेको क्याम्पस र स्थापना गरेको छात्रवृत्ति अक्षयकोषलाई सहयोग गर्दै आएका छन् ।

निसंखेस्थित उमा कटवाल क्याम्पस र हिमालय उच्च माविको अभिभावक भेलामा ३८ जना छात्रछात्राहरुलाई छात्रवृती प्रदान गरेका छन् भने क्याम्पसलाई तीन थान कम्प्युटर, पिन्टर तथा फोटोकपी हस्तान्तरण गरेका छन् ।

कट्वालले आफ्नै गाउँबाट थालेको सामाजिक कार्यको जिल्लाबासीले खुलेर प्रशंसा गरेका छन् । ‘कम्तिमा जन्मिएको पृष्ठभूमी सम्झेर उहाँले यो महान कार्यको थालनी गर्नुभएको छ ।’ उमा कटवाल क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शंकर कटवालले भने, ‘यसलाई निरन्तरता दिन सक्नुहोस् भन्ने हाम्रो अपेक्षा छ ।’


  •  
  •  
  •