मेरो हनिमुन :सासको मिठास अझै सम्‍झन्छु

110
  •  
  •  
  •  

rubi_rana_611559742काठमाडौं १९ पुस ।
मीले २० वर्षअघि भागेर बिहे गरेका हौं। परिवारको सहमति नभएकाले घरमा केही नभनी दुईजना भागेर उहाँको कान्छी बहिनीको घरमा गयौं।

भोलिपल्ट गुह्येश्वरी मन्दिरमा गएर बिहे गर्‍यौं। उहाँले बनारसी सारी र जिन्स प्यान्ट, सर्ट किनेर ल्याइदिनुभयो। मलाई त्यो लुगा मन परेको थिएन। तर, माया गरेर ल्याइदिएकाले लगाएँ।

बिहेको केही दिनपछि पोखरा गयौं। त्यो हनिमुन यात्रा नै भयो। ताल, गुफा, रमणीय स्थान घुम्यौं। पोखरा रहँदा उहाँले मलाई व्यवहार र संस्कारका धेरै कुरा सिकाउनुभयो। त्यो पोखरा भ्रमण जीवनको जति महत्त्वपूर्ण लाग्छ, त्यत्तिकै रोमाञ्चक र अविस्मरणीय पनि।

मलाई हरेक पक्षबाट सन्तुष्टि दिएर उहाँ मेरो जीवनको हिरो बन्नुभएको छ। अब २५औं वर्षगाँठमा फेरि धूमधामका साथ बिहे गर्ने चाहना छ। मलाई फेरि दुलहीका रूपमा सिँगारिन मन छ।

जीवनमा जस्तै उतारचढाव आए पनि त्यो क्षण सम्झँदा सबै साम्य हुन्छ। त्यो समयमा हामीले जीवनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल ग:यौं। विवाहअघिका साथी हामी जीवनसाथी बनेका थियौं। विवाहपछि जिम्मेवारी पनि थपिएको थियो।

त्यो समयमा रिल लगाउने क्यामेरा हुन्थ्यो। पोखरा जाने बाटोमा पर्ने ठूल्ठूला चट्टानमा बसेर फोटो खिच्यौं। ती चट्टानमा म अनौठो आकृति देख्थेँ।

अहिले पनि पोखरा जाँदा केही समय त्यहाँ बसेर त्यो मीठो क्षणको स्मरण गर्छौं। त्यो पोखरा भ्रमणमा डुंगा चढेर दुईजना तालवाराही मन्दिर गयौं। भागेर गएकाले मसँग धेरै लुगा थिएनन्। पोखराको चिसोमा उहाँको ज्याकेट लगाएकी थिएँ।

म हल्का वास्नादार ‘पर्फ्‍युम’ प्रयोग गर्थें तर उहाँको ज्याकेट लगाउँदा आएको कडा ‘पर्फ्‍युम’ले गाह्रो हुन्थ्यो। अर्कोतिर घरका सबैको चित्त दुखाएर बिहे गरेकाले हाम्रो मन त्यत्ति खुसी थिएन।

चिन्ता लाग्थ्यो। तर, तनाव भए पनि एकअर्काको मायामा समर्पित भएर पोखरामा समय बितायौं। उहाँको अँगालो, न्यानो सासको मिठास अझै सम्झन्छु। उहाँको मायाले सब चिन्ता कम भएको अनुभूति हुन्थ्यो।

हनिमुनमा पोखरा भ्रमण जीवनको जति महत्त्वपूर्ण लाग्छ, त्यत्तिकै रोमाञ्चक र अविस्मरणीय पनि। जीवनमा जस्तै उतारचढाव आए पनि त्यो क्षण सम्झँदा सबै साम्य हुन्छ।

अहिले पनि उहाँको काँधमा टाउको राख्दा, हात समाउँदा आफूलाई बच्चाजस्तो महसुस गर्छु। अहिले पनि धेरै कुरामा म उहाँसँग आश्रित छु।

मलाई हरेक पक्षबाट सन्तुष्टि दिएर उहाँ मेरो जीवनको हिरो बन्नुभएको छ। अब २५औं वर्षगाँठमा धूमधामका साथ बिहे गर्ने चाहना छ। मलाई फेरि दुलहीका रूपमा सिँगारिन मन छ।
अन्नपूर्णपोष्ट


  •  
  •  
  •