रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

52
  •  
  •  
  •  


काठमाडौं । माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौंमाथि यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गरेको हो ।

बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका ७ स्थायी बासिन्दा रुबीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ ।

प्रहरीले भने हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । रुबी खानसहित नेपालगन्जबाट १४ महिला २० दिनको पैदल यात्रा गरी गत बुधबार राति न्याय माग्न भन्दै काठमाडौं आइपुगेका थिए ।

यसैबीच पीडितहरूले आज गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेका छन्। सकिना तेलीको नेतृत्वमा उनीहरू आइतबार दिउँसो गृहमन्त्रीसँग भेट गर्न गएका थिए। गृहमन्त्री खाणले ने नेपालगञ्जमा अनुसन्धान टोली पठाउने आश्वासन दिएका छन्।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here