यस कारणले भयो बंगलादेशको विमान दुर्घटना

404
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा बंगलादेशको एयर युएस बंगला विमान दुर्घटना पाइलटले अटेरी गर्दा भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताएका छन्।

महाप्रबन्धक क्षेत्रीका अनुसार नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको हाे।

विमान दुर्घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर्न पटकपटक निर्देशन दिएका थिए। तर, पाइलटले मानेनन। उत्तर तर्फदेखि अवतरण गर्न अनुमति मागे। विमान उत्तर पूर्वतिर गयो। फेरि एअर ट्राफिक कन्ट्रोलरले चालकलाई तपाइको एलान्मेन्ट मिलेन भनेर जानकारी गराए। साे जानकारी गराउँदा गराउँदै विमान आर्मी ह्याङगरतिर गई ठोक्किएर दुर्घटना भएको हो।’


  •  
  •  
  •