काठमाडौं, २० असार (ओएनएस) पछिल्लो समयमा राप्रपा भित्रको विवाद बढ्दै गएपछि एउटा पक्ष निर्वाचन आयोग जाने भएको छ ।
पार्टी अधयक्षको दाबी गरिरहेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको टोली आज आयोग पुगेर आफूहरुलाई आधिकारिकता दिनुपर्ने माग गर्न लागेको हो ।
काठमाडौंको शान्तिबाटिकामा आज बिहान ११ बजे भेला भएर र्यालीसहित चन्द पक्ष निर्वाचन आयोग जाने तयारीमा रहेको एक नेताले जानकारी दिए ।
एकवर्ष अघि भएको पार्टीको एकता महाधिवेशनबाट अध्यक्ष हुनुभएका पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाले राजिनामा दिएपछि नेतृत्वको विषयमा चन्द र पशुपति शमशेर राणाले आ आफू अध्यक्षको दाबी गरिरेका छन् ।