राप्रपाको नयाँ अध्क्षमा राणा, थापाद्वारा राजिनामा

190
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (ओएनएस) : आध्यक्षको विषयलाई लिएर चरम विवाद देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ । आइतबार सुर्यबहादुर थापाले अध्यक्ष पदबाट राजीनामा दिएपछि पशुपति शमशेर राणाा नयाँ अध्यक्ष बनेका छन् । तर, लोकेन्द्रबहादुर चन्दले यसअघि नै आफूलाई अध्यक्ष घोषणा गरिसकेका छन् । एउटा पार्टीमा दुई अध्यक्ष बनेपछि पार्टी फुटको औपचारिकतामात्र बाँकी रहेको छ ।

थापा सहुमको आइतबार पार्टी कार्यालय चावहिलमा बसेको बैठकले थापाको राजीनामा स्वीकार गर्दै सो पदमा राणालाई चयन गरेको हो । १ सय ७ जना केन्द्रिय सदस्य मध्ये ८१ जना यो बैठकमा उपस्थित भएको स्रोतले बतायो । यो बैठकमा चन्द सहुमबाट कोही पनि उपस्थित नरहेको जनाइएको छ ।

चन्द समुहले आगामी असार २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । एक वर्षअघि राप्रपा र जनशक्ति पार्टीबीच एकीकरण भएको थियो । एकृति पार्टीको अध्यक्ष थापा बनेका थिए । त्यो बेला ४ जना वरिष्ठ नेताले ४ वर्षसम्म पालैपालो अध्यक्षता गर्ने भद्र सहमति भएको चन्द पक्षको दाबी छ । सोही दावीअनुसार चन्दले यही जेठ १९ गते पार्टी केन्द्रि कार्यालयमा पुगेर आफू अध्यक्ष भएको घोषणा गर्दै असार २ गतेका लागि केन्द्रिय समिति बैठक बोलाएका थिए । चन्दले यस्तो कदम चालेपछि थापाले सोही दिन आफ्नो आफ्नो निवासमा अर्काे बैठक गरेर आइतबारका लागि बैठक बोलाएका थिए । थापा र चन्दले छुट्टा–छुट्टै बैठक बोलाएपछि त्यतिबेलै पार्टी विभाजन हुन सक्ने बताइएको थियो । हाल आएर एउटै पार्टीमा दुई अध्यक्ष बनेपछि विभाजनको स्पस्ट रेखा कोरिएको छ ।

थापा र चन्द पञ्च्यात कालदेखि एकअर्काका विरोधी हुन् । पटक–पटक प्रधानमन्त्री बनेका यि दुबै जनाले २०४६ सालको परिवर्तनपछि राप्रपाको स्थापना गरेका थिए । २०५१ मा भएको मध्यावधि निर्वाचनपछि प्रधानमन्त्री बन्ने दौडमा पहिलो पटक चन्द र थापाले पार्टी फुटालेका थिए । पछि फेरि यो पार्टीबीच एकीकरण भयो । यही बीचमा राणा पार्टी अध्यक्ष भएपछि थापाले आफ्नो अध्यक्षतामा राष्ट्रिय नजशक्ति पार्टीको स्थापना गरेका थिए । यो बीचमा कमल थापोल पनि छुट्टै पार्टी बनाए ।

२०६४ को संविधानसभा निर्वाचनमा नम्रोसँग पराजित भएपछि थापा र राणाले अध्यक्षता गरेको पार्टीबीच एकीकरणको पहल भयो । चन्द रााणा नेतृत्वकै पार्टीमा थिए । दोस्रो संविधानसभाको निर्वाचन हुने निश्चित भएपछि गत वर्ष जेठमा राप्रपा र जनशक्ति पार्टीबीच एकीकरण भएको थियो ।
हाल यो पार्टीबाट ३ प्रत्यक्षसहित ११ जना सभासद रहेका छन् ।


  •  
  •  
  •