काठमाडौं २ बैशाख (ओएनएस) :
राप्रपा नेपालले संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराज विष्टलाई फिर्ता बोलाएको छ । पार्टीको नीति विपरित चलेको भन्दै केन्द्रीय कार्यसमितिको बैठकले राजिनामा दिन निर्देशन दिएको छ ।
पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै विष्टको राजीनामा माग गर्ने निर्णय भएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । विराज कारवाहीमा परेका पार्टीका सहअध्यक्ष केशरबहादुर विष्टका छोरा हुन् । चैत १९ गते वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकले पार्टी हितविरोधी गतिविधिमा संलग्न भएको तीन वर्षका लागि निश्कासन गरेको थियो । सहायकमन्त्री विष्टले भने कुनै प्रतिक्रिया दिएका छैनन ।