पुनःनिर्माणमा राप्रपा नेपालले स्वयंसेवक खटाउने

202
  •  
  •  
  •  

काठमाडौँ, १९ वैशाख(ओएनएस) : राप्रपा नेपालले भूकम्प पुनःनिर्माण प्राधिकरणसँग समन्वय गरी भूकम्प प्रभावित जिल्लामा स्वंयसेवकको रुपमा कार्यकर्ता परिचालन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले स्वंयसेवक परिचालन गर्ने निर्णय गरेको हो । भूकम्प पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी ओलीले केही दिनअघि आफ्ना स्वयंसेवक खटाउनका लागि प्रतिष्पर्धा गर्नुपर्ने भनाई राखेका थिए । यस्तै, अन्य दल पनि स्वयं सेवक खटाउने सम्बन्धमा सकारात्मक देखिएका छन् ।

यस्तै, बैठकले लामोसमयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकाय जनप्रतिनिधी बिहिन बनेको भन्दै सरकारले नीति तथा कार्यक्रमसँग स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने माग पनि गरेको छ ।

स्थानीय निकाय जनप्रतिनिधी बिहिन हुँदा जनतको काममा प्रत्यक्ष असर पुगेको भन्दै स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने बैठकले माग गरेको हो ।


  •  
  •  
  •