महोत्तरी, २५ भदौ(ओएनएस) : स्थानीय प्रशासनले लगाएको कर्फयुको अवज्ञा गर्दै प्रर्दशन गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर राप्रपा नेपालकी नेतृ रामशीला ठाकुरको मृत्यु भएको छ भने अर्की एक महिला गम्भिर घाइते भएकी छिन् ।
बन्दकर्ता र प्रहरीबीच शुक्रबार दिउँसो जलेश्वरको शंकर चौक र नगरपालिका चौकमा भएका झडपमा हातिलेट घर भएकी ३५ वर्षिया नेतृ रामशिला ठाकुरको मृत्यु भएको हो । टाउँकोमा गोली लागेपछि ठाकुरको घटनास्थलमै मृत्यु भएको हो । उनलाई तत्काल अस्पताल पुर्याइए पनि जिल्ला अस्पताल जलेश्वरका डा. राजिव झाले ठाकुरलाई मृत घोषित गरेका थिए ।

त्यसैगरी जलेश्वर २ घर भएकी शैलदेवी चौधरीको तिघ्रामा गोली लागेको छ । उनको जलेश्वर अस्पतालमा उपचार भई रहेको र उनको अवस्था पनि गम्भीर रहेको उपचारमा संलग्न डाक्टर झाले बताएका छन् ।
प्रहरीले प्रर्दशनकारीलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर गर्नुका साथै ४० सेल भन्दा बढी अश्र ग्यास प्रहार गरेको छ । अश्रुँ ग्यास र प्रहरीको लाठी प्रहारबाट २५ जना भन्दा बढी महिला र पुरुषहरू घाईते भएका छन् ।
यसअघि बुधबार जलेश्वरको महेन्द्र चोकमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर जलेश्वर नगरपालिका ७ बजराहीका रोहन चौधरी, महोत्तरी गाविस ५ का रामविवेक यादव र जलेश्वर नगपालिका १४ बखरी घर भएका मुसवा भनिने अमित कापर सहित तीन जनाको मृत्यु भएको थियो ।
यसैगरी जलेश्वरका वीरेन्द्र बिच्छाको टाउकोमा गोली गम्भीर अवस्थामा उपचारका क्रममा शुक्रबार मृत्यु भएको पुष्टी भएको छ ।
महोत्तरीमा प्रर्दशनकारी र प्रहरीबीचको झडपमा पाँच जना प्रर्दशनकारी र एक जना सशस्त्र प्रहरीका असई थमनवहादुर विकको सहित ६ जनाको मृत्यु भई सकेको छ ।
सम्बन्धित समाचारः