सरकार ढल्ने डरले स्थानीय विकास मन्त्रालय राप्रपा नेपाललाई

169
  •  
  •  
  •  

kamal thapa oliकाठमाडौँ, १८ कात्तिक(ओएनएस) : सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले अन्नत: स्थानीय विकास मन्त्रालय सत्ताको अर्को घटक राप्रपा नेपाललाई दिने भएको छ ।

स्थानीय विकास मन्त्रालयमा दुवै पार्टीले दावी गरेपछि मन्त्रिमण्डल गठनका लागि पनि ओलीलाई सकस भइरहेको थियो । आगामी दुई वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने भएकोले स्थानीय विकास मन्त्रालयमा दुवै पार्टीले आफ्नो दावी गरेका थिए ।

ओली सरकारमा मन्त्रालयका लागि राप्रपा नेपालले अडान नछाडेपछि स्थानीय विकास मन्त्रालय राप्रपा नेपाललाई दिने निर्णय गरेको एमालेका एक नेताले जानकारी दिएका छन् । कमल थापाले सरकारबाट हात झिक्ने सम्भावना बढेपछि सरकार टिकाउनकै लागि भएपनि राप्रपा नेपाललाई स्थानीय विकास मन्त्रालय दिइएको एमाले स्रोतले जनाएको छ ।

थापाले सरकार बन्नुअघि नै आफ्नो पार्टीलाई स्थानीय विकास मन्त्रालय दिने समझदारी भएको दावी गर्दै आएका थिए । तर, ओलीले भने यसबारे पार्टीमा कुनै जानकारी नदिएको नेताहरूले बताएका थिए ।

ठूलो बजेट भएका, प्रत्यक्ष जनसरोकारका आकर्षक मन्त्रालयहरू सबै अन्य दललाई दिएको भन्दै एमाले नेताहरूबाट ओलीको आलोचना भइरहेको छ । त्यसैले तीन दिनदेखि भइरहेका विभिन्न छलफल र स्थायी समितिका बैठकहरू समेत निष्फल हुँदै आएका छन् ।

सम्बन्धित समाचार:

सरकार टिकाउने कि कमल थापा ?

मन्त्रिपरिषद् बिस्तारमा ओलीलाई सकस, कारण तीन


  •  
  •  
  •