राप्रपा नेपालको बैठक बस्दै

100
  •  
  •  
  •  

काठमाडौं, ३१ साउन (ओएनएस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समिति बैठक शनिबार पनि बस्ने भएको छ । अहिले केहीबेरमा सुरु हुने बैठकले स्थानीय निकायको निर्वाचन जतिसक्दो चाँडो गराउन सरकारलाई दबाव दिने निर्णय गर्दैछ ।

शनिबारको बैठकमा बाँकी रहेका सदस्यहरुले धारणा राख्ने कार्यक्रम तय भएको छ । त्यस्तै अहिलेसम्म धारणा तथा सुझाव राख्ने सदस्हरुले स्थानीय निकायको निर्वाचन गराउन सरकारलाई दबाव दिँदै पार्टीले पनि आन्तरिकरूपमा तयारी गर्नुपर्ने धारणा राखेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
धारणा राख्ने क्रममा सदस्यले संसदभित्र सक्रियरूपमा पार्टीले भूमिका खेल्नुपर्ने, पार्टीको संगठन सदृढीकरण अभियानमा मेची–महाकालीसम्म सञ्चालन गर्नुपर्ने, पार्टीभित्र अनुशासन कायम राख्नुपर्नेलगायत रहेका छन् ।

बैठकमा छलफलका लागि बिहीबार पेस भएका प्रतिवेदनमा उपाध्यक्ष धवलशम्शेर राणाले ‘संगठन सुदृढीकरण र कार्यदिशा,’ अर्का उपाध्यक्ष राजीव पराजुलीले ‘तराई–मधेस राष्ट्रिय सम्मेलन’, महामन्त्री चन्द्रबहादुर गुरुङले ‘वर्तमान परिस्थिति र भावी कार्यदिशा’, पार्टीका सभासद् सुशीलकुमार श्रेष्ठले ‘प्रशिक्षण कार्यक्रम’ र सङ्गठन कार्य सम्पादन संयोजित शाखाका संयोजक मुकुन्दश्याम गिरीले ‘विभाग समिति र संयोजित’ रहेका थिए । सवै विषयमा छलफल भई बैठक आजै समापन हुने छ ।


  •  
  •  
  •