संबिधानसभाको बैठक तत्काल बोलाउ : राप्रपा नेपाल

619
  •  
  •  
  •  

kamal-thapaकाठमाडौं, ३ मंसिर (ओएनएस) : राप्रपा नेपालको संसदीय तथा केन्द्रिय समितिको संयुक्त बैठकले संबिधानसभाको बैठक तत्काल बोलाउन संबिधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई दवाव दिने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको बैठकले संबैधानिक, राजनीतिक संवाद तथा समितिले विवादित बिषयमा निकास निकाल्न नसक्ने भएकोले संबिधानसभाको बैठकबाट समाधान खोज्नु पर्ने निर्णय गरेको हो ।

कात्तिक १६ गतेदेखि जारी संवाद तथा सहमति समितिको बैठकले निकास निकाल्न नसक्ने पनि राप्रपा नेपालले ठहर गरेको छ ।

‘संबिधान लेखनमा रहेको अहिलेको गतिरोध हटाउन तत्काल संबिधानसभाको बैठक राख्नुपर्छ । ’ बैठकपछि पत्रकारहरुसँग राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने ‘ केन्द्रिय समिति तथा संसदीय दलको सयुक्त बैठकले संबिधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई भेटी संबिधानसभाको बैठक तत्काल बोलाउन माग गर्ने निर्णय गरेको छ ।’


  •  
  •  
  •