राप्रपा नेपालले हिन्दुराज्यपक्षधरसँग वार्ता गर्ने

109
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस)  : गत विहीवार हिन्दुराज्यका लागि अभियान सुरु गरेको कांग्रेस नेताहरुसँग वार्ता गर्न भन्दै राप्रपा नेपालले वार्ता टोली गठन गरेको छ । आफ्नो मागलाई बल पुर्याउने गरी हिन्दुराज्यको पक्षमा दबाब सृजना भएको निष्कर्ष निकाल्दै वार्ता टोली गठन गरेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा नेपालले हिन्दुराज्य पक्षधरलगायतसँग वार्ता गर्न पार्टी सहअध्यक्ष केशवबहादुर विष्टको संयोजकत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेको छ । वातौ टोलीमा जनार्दन आचार्य, गणेश थापा, ऋषिबाबु परियार, सीता लुईटेल, रामकुमार सुब्बा र पवित्रा सुब्बा सदस्य रहेका छन् ।

वार्ता टोलीले सरकार, संवाद समिति र मुख्य रुपमा हिन्दुराज्य पक्षधरसँग वार्ता गरी कार्यगत एकताको प्रस्ताव गर्ने छ । विभिन्न समुहमा दबाब दिँदा प्रभावकारी नहुने निष्कर्ष निकाल्दै संयुक्त रुपमा दबबा दिँदा प्रभावकारी हुने निष्कर्ष निकल्दै वार्ता टोली गठन गरिएको हो ।


  •  
  •  
  •