कमल थापाको प्रश्न,‘हामीलाई भोट हाल्ने जनता दास, अरुलाई हाल्ने मालिक हुन्?’

140
  •  
  •  
  •  

काठमाडौं, २३ असोज (ओएनएस)  :  राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलबरुबीच भएको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी गराउन माग गरेका छन् । संसदमा विशेष समय लिएर व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष  थापाले प्रमुख बीच बुधवार भएको राजनीतिक संयन्त्र गठन गर्ने निर्णयको चर्को विरोध गरेका छन् ।

‘विगतमा केही सिमित राजनीतिक दलका सिमिति नेताले राज्य सत्तामा कब्जा गरेर मानोमानी गर्ने परपम्परा कायम थियो, थापाले भने,‘ हामी नै राज्यका मालिक हौं र हामी नै सवैसर्वा हौं हामीले जे भन्यौ त्यै मान्नुपर्छ भन्ने हिसाबले विगतमा काम भयो ।’

थापाले संयन्त्र गठन गर्ने सहमतिमा प्रधानमन्त्रीले हस्ताक्षर गरेको उल्लेख गर्दै थापाले प्रधानमन्त्रीको पहलमा गैर संवबैधानिक शक्ति केन्द्र खडा गर्ने प्रयास भएको टिप्पणी गरे । उनले संविधानसभा र संसदभन्दा माथि कोही नभएको उल्लेख गर्दै संयन्त्रलाई ‘तथाकथित’ को संज्ञा दिए । संयन्त्र गठन अप्रजातान्त्रिक ढंगले संविधानवादलाई उपहास गर्ने, संविधानसभालाई ओझेलमा पार्ने तथा पंगु बनाउने काम भएको बताए । उनले जस्तो सुकै समस्या पनि संसद र संविधानसभाले निर्णय दिन सक्ने भन्दै थापाले संविधानसभा भन्दा माथि कुनै पनि संयन्त्र आवश्यक नरहेको जिकिर गरे ।

थापाले संयन्त्र गठन गर्दा केही राजनीतिक दललाई किन निषेध गरिएको भन्दै आपत्ति जनाए । ‘राप्रपा नेपाललाई भोट हाल्ने जनता दास हुन् ?, उनले भने,‘ होइन भने यो विभेद किन ?’ उनले संधिवान निर्माणका विषयमा आधारभूत मतभिन्नता भएपनि विधि र प्रक्रिया अनुसार जाँदा सहयोग गरेको तर्क गर्दै थापाले तर सधैं किन निधेष गरेको भन्दै आक्रोश पोखे । आवश्यक परे जीवन वलिदान दिन तयार रहेकोसमेत बताए । उनले प्रधानमन्त्रीको हस्ताक्षर गरेर सहमतिको नयाँ परिभाषा आएको भन्दै यसबारे प्रधानमन्त्रीले जवाफ दिन माग गरेका छन् ।

यसैबीच प्रमुख दलहरुबीच उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमतिको राप्रपा नेपालले विरोध गरेको छ । सरकार, संविधानसभा र व्यवस्थापिका संसद रहेको अवस्थामा उच्चस्तरीय राजनीतिक संयन्त्रको कुनै औचित्य नरहेको भन्दै विरोध गरेको हो ।

बिहीवार बसेको राप्रपा नेपालको संसदीय दलको बैठकले व्यवस्थापिका संसदमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णयको विरोध गर्ने निर्णय भएको सभासद दिलनाथ गिरीले जानकारी दिए । ‘हामीले पहिला देखि नै संयन्त्रको विरोध गरेको थियौं, गिरीले ओएनएससंग भने,‘तीन वटा वैधानिक निकाय रहेको अवस्थामा यस्ता किसिमका संयन्त्रको कुनै औचित्य छैन ।’  राप्रपा नेपालले दलहरुले संयन्त्र गठन गरिसकेपछि आफ्नो दललाई सभावेश नगरेको भन्दै विरोध गरेको हो ।


  •  
  •  
  •