राजनीतिक सभामा राप्रपा नेपाल सहभागी नहुने

79
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : राजनीतिक सम्मेलनको वैधानिकतामाथि प्रश्न उठाउदै राप्रपा नेपालले मंगलवार हुने सर्वदलीय राजनैतिक सम्मेलनमा सहभागि नहुने घोषणा गरेको छ ।

संविधान सभाको चौथो ठूलो दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमवार एक विज्ञप्ती प्रकाशित गरी केही सिमित दलहरुको राजनैतिक स्वार्थ परिपुर्ति गर्न आयोजना गर्न लागिएको सम्मेलनमा सहभागि नहुने बताएका हुन् ।

राप्रपा नेपालले संबिधानसभामा रहेका अन्य सबै दलहरुलाई निषेध गरी प्रमुख तीन दलले हैकमवादी ढंगबाट सम्मेलन गर्ने बारे गरिएको निर्णयप्रति आपत्ति जनाएको छ । माघ ८ भित्र संबिधान निर्माण गर्न तत्काल अन्तरिम संबिधान र संबिधान सभा नियमावली बमोजिम विधि र प्रक्रिया अनुसार निर्णय गर्न राप्रपा नेपालले माग गरेको छ ।

संबिधान सभाको विकल्प खोज्ने तथा संबिधान सभालाई अबमुल्यन गर्ने कुनै पनि कार्य राप्रपा नेपाललाई स्विकार्य नहुने अध्यक्ष थापाले बताउनु भएको छ ।


  •  
  •  
  •