राप्रपा नेपालद्वारा पद्मसुन्दर लावतीसँग स्पष्टिकरण

330
  •  
  •  
  •  

काठमाडौं, २० भदौ (ओएनएस):  राप्रपा नेपालले पुर्व सहअध्यक्ष पद्मसुन्दर लावतीलगायत असन्तुष्ट नेताहरुसँग स्पष्टिकरण सोधेको छ ।
पार्टी विधान अनुसार समानान्तर बैठक तथा कमिटी संचालन गरेको, पार्टीको नाम, झण्डा र साईनबोर्ड समेत दुरुपयोग गरी कथित शुद्धिकरण अभियानको नाममा कार्यकर्तालाई दिग्भ्रमितगर्ने, समानान्तर संगठनको अभ्यास गरेको लगायतका अभियोगमा लावतीसँग स्पष्टिकरण सोधिएको राप्रपा नेपालले जनाएको छ ।

पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तीमा लाखौ कार्यकर्ताहरुको परिश्रम र आमजनताको सदभावको परिणामस्वरुप राप्रपा नेपाल छोटो अवधिमा नै देशको अग्रणी शक्तिको रुपमा स्थापितभएको उल्लेख गरिएको छ । विज्ञप्तीमा राष्ट्रवादी प्रजातान्त्रिकशक्तिको रुपमा उदयहुंदै गएको राप्रपा नेपाललाई कमजोर बनाउने तथा समाप्त पार्ने षडयन्त्रमा देशी बिदेशीशक्तिहरु संलग्न रंहदै आएको आरोपसमेत लगाइएको छ ।

पार्टी भित्रकाविवादवा असंतुष्टिहरु पार्टी भित्रकै निकाय भित्र बिधानबमोजिम समाधानगर्ने अवसर भएपनि त्यो सर्वमान्यविधि र प्रक्रियालाई अबलम्बन नगरी बिधानविपरित पार्टीको निकायभन्दाबाहिर गई समानान्तर ढंगबाट बैठक र सम्मेलनहरु गर्ने काम भएको भन्दै स्पष्टिकरण सोध्नुपरेको विज्ञप्तीमा उल्लेख छ ।
निर्धारित सम यसिमाभित्रचित्तबुझ्दो जवाफ पेश नगरे विधानअनुसार प्रक्रिया अघि बढाई कारबाही गरिने राप्रपा नेपालले जनाएको छ ।


  •  
  •  
  •