राप्रपा नेपाल विभाजनको बाटोमा

41
  •  
  •  
  •  

काठमाडौं २ भदौ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल विभाजनको संघारमा पुगेको छ । अध्यक्ष कमलथापाको कार्यशैलीको विरोध जनाउँदै अर्को ‘पार्टी कार्यालय’ सन्चालनमा ल्याइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पूर्वसहअध्यक्ष पद्मसुन्दर लावतीले पार्टी अध्यक्ष कमल थापाले एकलौटी रूपमा पार्टी सञ्चालन गरेको आरोप लगाउँदै सुन्धरामा ‘राप्रपा नेपाल सुदृढीकारण अभियान’ नामक सम्पर्क कार्यालय खालेका छन् ।

आइतबार खोलिएको कार्यालय आज सोमबारबाट पूर्णरुपमा सन्चालनमा आउनेछ । नेता लावतीले पार्टीका अध्यक्ष थापाले पार्टी सञ्चालनमा अराजकता सिर्जना गरेको आरोप लगाउँदै पार्टी फुटाउनभन्दा पनि अध्यक्षलाई सही मार्ग ल्याउनका सम्पर्क कार्यालय खोलिएको बताए । तर नसच्एि पार्टी पनि फुट्न सक्ने उनले बताए । गत महाधिवेशनमा लावती थापासँग अध्यक्षमा पराजित भएका थिए ।


  •  
  •  
  •