हिउँदे अधिवेशन बोलाउन राप्रपा नेपालको माग

201
  •  
  •  
  •  

काठमाडौ, २७ चैत(ओएनएस) :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संसदको हिउँदे अधिवेशन बोलाउन माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार प्रधानमन्त्री कोइरालालाई भेट गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

संसदीय प्रजातान्त्रिक मुलुकमा वर्षमा दुई पटक संसदको अभिवेशन बस्ने परम्परा रहेको तथा नेपालमा पनि विगत ६ दशकदेखि यहि परम्परा रहेको ज्ञापनपत्रमा उल्लेख गर्दै हिउँदे अधिवेशन बोलाउने बारे सरकार मौन रहेकोले राप्रपाले आपित्त जनाएको छ ।

राप्रपाले विज्ञप्तिमा गलत परम्परा बसाउनबाट रोक्न तथा प्रजातन्त्रिक मूल्य विपरितको कार्य हुन नदिनको लागि तत्काल हिउँदे अधिवेशन बोलउन सकारसमक्ष माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘हिउँदे अधिवेशनलाई विधेयक र जनसरोकरको विषयमा छलफल, ध्यानाकर्षण र निर्णयहरु गर्ने अवसरको रुपमा लिने गरिन्छ । अहिले पनि व्यवस्थापिका संसदमा कयौं विधेयकहरु अलपत्र अवस्थामा छन् भने शान्ति, सुरक्षा, महंगी, गरीबि, भ्रष्टाचार, बेरोजगार जस्ता विषयमा वहस हुन जरुरी छ । तर, अहिलेसम्म हिउँदे अधिवेशन बोलाउने बारे सरकार मौन रहेकोमा राप्रपा नेपाल गंभिर चिन्ता प्रकट गर्दछ ।’

kamal thapa letter


  •  
  •  
  •