संविधानसभा बहिष्कार गर्ने राप्रपा नेपालको निर्णय

107
  •  
  •  
  •  

Rpp-nepal-flag-e1414838564135काठमाडौं, २८ माघ (ओएनएस) : राप्रपा नेपालले प्रश्नावली समितिले आफ्ना एजेण्डामामा प्रश्नहरु निर्माण नगरेको भन्दै बिहिबार बोलाइएको संविधानसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराईले प्रश्नावली समितिले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा प्रश्नहरु निर्माण नगरेको भन्दै संविधानसभा बहिष्कार गरेको जनाएका छन् ।

संविधानसभाको अन्तरवस्तुमा रहेको विवादको विषयमा प्रश्नहरु बनाउन गठीत प्रश्नावली समितिले आफ्ना मागमा कुनै सुनुवाई नगरेकोले बहिष्कार गर्नु परेको राप्रपा नेपालले जनाएको छ ।

प्रश्नावली समितिले संघियता, गणतन्त्र, धर्म निरपेक्षताको विपक्षमा संविधान सभा वा यस अन्तर्गतका कुनै पनि सम्बद्ध समिति उपसमितिहरुमा प्रश्न उठाउने निर्णय गर्दै यी विषयमा प्रश्नावली बनाएको छैन ।

नेपालको अन्तरिम संविधान– संविधानसभा नियमावली बृहत्शान्ति सम्झौता लगायत कुनै पनि दस्तावेजमा वन्देज लगाइएको तर्क गर्दै राप्रपा नेपालले प्रश्नावली समितिले बिहिबार प्रस्तुत गर्न लागेको प्रतिवेदन असंवैधानिक भएको दाबी गरेको छ ।

यस्तै संघियता–गणतन्त्र–धर्म निरपेक्षता संविधान सभाबाट विधिवत् संस्थागत भएका विषय नभएको बताउँदै राप्रपाले वर्तमान संविधानसभासंविधान निर्माण गर्ने भएको आफना मागमा पनि प्रश्नावली बनाउन माग गरेको छ । संविधानसभाको बिहिबारको बैठकमा प्रश्नावली समितिको प्रतिवदेन पेश हुँदैछ । प्रश्नावली समितिले विवादित विषयमा २३२ प्रश्नहरु तयार गरेको छ ।


  •  
  •  
  •