राप्रपा नेपालद्वारा केन्द्रीय विभागलाई पुर्णता

132
  •  
  •  
  •  

काठमाडौं, ३० असार (ओएनएस) राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम पार्टीको केन्द्रीय विभागमा मनोयन गरेका छन् । जसअनुसार अन्र्तराष्ट्रिय सम्बन्धविभागमा अध्यक्ष थापा आफैं बसेका छन भने सदस्य सचिव सुरेश आचार्य र सदस्यहरुमा केशव रेग्मी, सुवर्ण क्षेत्री, विराज विष्ट, युवराजअधिकारीलाई मनोयन गरेका छन् ।

यसैगरी अनुशासन समितिमा संयोजकमा उपाध्यक्ष राजीव पराजुली सदस्य सचिवमा खगेन्द्र बस्न्यातलाई मनोनयन गरेको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
सहप्रवक्ता श्रेष्ठका अनुसार संगठन बिभागमा प्रमुख उपाध्यक्ष डा.धवलशम्शेर राणा र सदस्य सचिव मा भक्ति सिटौला मनोनित भएका छन् ।

यसैगरी आर्थिक विभागमा उद्धव पौडेल, प्रचार बिभागको प्रवक्तामा विष्णु भट्टराई, प्रशिक्षण बिभागमा सुशीलकुमार श्रेष्ठ, प्रवास बिभागमा श्याम केसी र सदस्य सचिवमा बिजय खड्का मनोनित भएका छन् । यसैगरी अनुसन्धान तथा योजना बिभागमा–गोविन्द खनिया मनोनित भएका छन् ।

यसैगरी राजनैतीक बिभागमा जनार्दन आचार्य र सदस्य सचिवमा डा.जयन्तनाथ खनाल मनोनित भएका छन् ।

यसैगरी कला, साहित्य तथा संस्कृति विभागमा बेटी बज्राचार्य र सदस्य सचिवमा लक्ष्मी भद्रा मनोनित भएका छन् । यसैगरी धर्म तथा संस्कृति समन्वय विभागमा डा.लोकराज पौडेल मनोनित भएका छन् ।

सहप्रपक्ता श्रेष्ठका अनुसार जनसम्पर्क विभागमा दिलिप बस्नेत, सहकारी समन्वय विभागमा प्रकाश रिमाल र सुचना तथा प्रविधि बिभागमा रामकृष्ण श्रेष्ठ मनोनित भएका छन् ।


  •  
  •  
  •