प्रश्नावली समिति संविधानसभाको सेन्सर बोर्ड होइन : कमल थापा

282
  •  
  •  
  •  

kamal-thapa1भक्तपुर, २० माघ (ओएनएस)  : राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभालाई संख्याको आधारमा अवमूल्यन नगर्न आग्रह गर्दै सत्तापक्षको स्वेच्छाचारी निर्णयले मुलुकलाई मुठभेडको दिशामा लगेको आरोप लगाएका छन् । प्रश्नावली निर्माण समिति संविधानसभाको सेन्सर  बोर्ड नभएको बताउँदै उनले कसैको विचारलाई निषेध गर्ने अधिकार समितिलाई नभएको समेत बताए ।

भक्तपुरको रफत सञ्चार क्लवमा मंगलबार अयाोजित कार्यक्रममा अध्यक्ष थापाले दुई तिहाइको दम्भले कांग्रेस र एमालेमा विनासकारी बृद्धि आएको बताए । सत्ताधारीको दम्भका कारण मुलुक र प्रजातन्त्र इतिहासमा फेरि एक पटक ध्वस्त हुने खतरा बढेको उनको टिप्पणी छ ।
८ माघमा संविधान जारी हुन नसकेको अवस्थामा मधेशवादी र एमाओवादीलाई अनुकुल हुने गरी समेट्न छाडेर राप्रपा नेपाललाई पनि संविधान निर्माणबाट बाहिर राख्ने दुस्चेष्टा सत्ताधारी दलले गरेको उनको आरोप छ । विधी र प्रक्रियालाई स्वीकार गर्दा पनि देशको चौथो ठूलो राजनीतिक शक्तिको रुपमा स्थापीत पार्टीलाई पाखा लगाउने षडयन्त्र भएको उनले बताए ।

उनले आफ्ना एजेण्डा नसुन्ने संविधानसभामा सशक्त प्रतिरोध गर्ने बताए प्रश्नावली समितिले स्वेच्छाचारी देखाएर निर्णय नसच्याए संविधानसभा छाडेर सडकमा जान बाध्य हुने बताउँदै उनले एमाओवादीसहितको मोर्चासाग कार्यगत एकता हुने सक्ने समेत बताए ।


  •  
  •  
  •