काठमाडौ, ४ माघ(ओएनएस) : निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले राप्रपा नेपालको र्यालीलीमा हस्तक्षेप गरेको छ । बबरमहलबाट संविधानसभा घेराउको लागि निस्किएको र्यालीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठिचार्ज गरेको छ ।
राप्रपाले निषेधित क्षेत्र तोड्दै संविधानसभा भवन घेराउ गर्ने कार्यक्रम तय गरेको थियो । अध्यक्ष कमल थापाले नेतृत्व गरेको उक्त र्यालीले नयाँ बानेश्वर चोकको पश्चिम पट्टीको भागमा उत्तेजित हुँदै निषेधित क्षेत्र तोड्न खोजेको थियो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई तिबरबितर पार्न लाठीचार्ज गरेको थियो ।
राप्रपा नेपालले नयाँ बन्ने संविधानको विवादित बिषयमा जनमत संग्रह गर्नुपर्ने माग राख्दै उक्त प्रदर्शन गरेको हो । नयाँ बन्ने संविधानमा नेपालाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग गर्दै आएको राप्रपा नेपालले धर्मनिरपेक्षता, गणतन्त्र र संघियतामा आगामी फागुन चैतमा जनमत संगंह गर्नुपर्ने माग राख्दै आएको छ ।