विवादित विषयमा जनमत संग्रह गर्न राप्रपा नेपालको माग

103
  •  
  •  
  •  

kamal-thapa1काठमाडौं, ३० पुस (ओएनएस : राप्रपा नेपालले संविधान जारी गर्न तोकिएको मिति माघ ८ मा संविधान नआउने ठहर गर्दै विवादित विषयमा जनमत संग्रह गर्न माग गरेको छ । राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबारे आगामि फाल्गुण वा चैत्र महिनामा जनमत संग्रह गर्नु पर्ने पार्टीको निश्कर्ष रहेको बताए ।

संक्रमणकालको अन्त्य र जनमत संग्रहको फैसला अनुरुप संबिधान निर्माणको निमित्त राप्रपा नेपालले आगामि माघ ४ गते देखि देशव्यापि दवावमुलक जनसंघर्षको कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

राप्रपाले नंया संबिधानमा हिन्दुराष्ट्रको सुनिश्चितता र धर्मनिरपेक्षता, गणतन्त्र र संघियता वारे जनमत संग्रह माग गरेको हो । जनमत संग्रहको मागलाई पूरा गर्न राप्रपाले माघ ४ गत देशको सम्पुर्ण जिल्ला सदरमुकाममा प्रदर्शन, -याली तथा जनसभाहरु आयोजना गर्ने, काठमाण्डौ उपत्यकामा बबरमहलबाट जुलुस शुरु गरि संबिधानसभा भवन अगाडि बानेश्वरमा धर्ना र घेराउ कार्यक्र गर्ने जनाएको छ ।

साथै माघ ६ गते आगामी संविधानमा नेपाललाई सनातन हिन्दुराष्ट्र घोषणा गरिनु पर्छ भन्ने मागकासाथ देशभर संकलन गरिएको हस्ताक्षर जुलुसका साथ गै संबिधानसभाका अध्यक्षलाई बुझाईने जनाएको छ ।


  •  
  •  
  •