विवादमा राप्रपा नेपालको रथयात्रा

272
  •  
  •  
  •  

काठमाडौं,  १८ पुस (ओएनएस) : पार्टीभित्रको आन्तरिक विवादका बिच राप्रपा नेपालको रथयात्रा सकिदैछ । हिन्दू राष्ट्र माग गर्दै सुरु भएको मेची महाकाली रथ यात्रा आज काठमाडौंमा समापन गर्न लागेको राप्रपाले जनाएको छ । तर, राप्रपा भित्रैको विपक्षीले अवरोध गर्ने तयारी गरेको छ । भत्तपुरबाट र्याली सहित रथयात्रा काठमाडौंको खुलामञ्चमा पुर्याएर समापन गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा नेपाल सुदृढीकरण अभियानका समर्थकहरुहरुले भने रथ यात्राको विरोध गरेका छन् । हिजो कमल थापाको पुत्ला जलाएका थिए । उनीहरुले नारावाजी गर्दै थापाले हिन्दूराष्ट्र बनाउने नाममा चन्दा असुली अभियान चलाएको बताएका छन् ।


  •  
  •  
  •